एनएमबी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


एनएमबि बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने छ ।

बैंकले चैत २१ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आज चैत २४ गते कार्यालय समयावधिसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत–२०८९\२०९०’ नामक ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार मूल्य अंकित दरको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिएको बैंकले जानकारी दिएको छ ।

यस्तै, सर्वसाधारणमा बाँडफाँड गरिएको ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिसकेको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्रीमा ल्याएको बैंकले जानकारी दिएको छ ।

जारी ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म आवेन दिनसक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।