नयाँ वर्षमा गाडी कम्पनीहरुको ११ लाख रुपैयाँसम्म छुट अफर, ब्याजदर घटेसँगै ब्यापार पनि बढ्ने


बैंकिङ क्षेत्रको उच्च ब्याजदरका कारण सुस्ताएको अटो मोवाइल्स व्यवसायले नया वर्षको सुरुवातीसँगै गति लिने भएको छ । अटो मोवाइल्स व्यवसायीले ल्याएका छुट तथा वित्तीय प्रणालीको ब्याजदरमा आएको गिरावटले सवारीसाधनको किनबेच बढ्ने देखिएको हो ।

बुधबार मात्र बैंकहरुले भद्र सहमती गर्दै निक्षेप तथा बचतको ब्याजदर घटाइ एकल अंकममा ल्याएका छन । अहिले घटेको ब्याजदरले बैंशाख देखि नै कर्जाको ब्याजदर घट्ने भन्दा पनि यसभन्दा अघि माघ र फागुनमा घटाएको ब्याजदरको असर आगामी त्रैमासको आधारदरमा पर्नेछ । त्यसले गर्दा विगतको भन्दा केही ब्याजदर कम हुने निश्चित छ ।

विदेशी विनिमय सञ्चितिमा परेको दबाबका कारण आयातमा गरिएको नियन्त्रण र उच्च ब्याजदरका कारण सुस्ताएको सवारी साधनको कारोबार अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारले पनि बढाउने निश्चित छ । तर, बैंक वित्तीय संस्थाले कर्जा दिदा जोखिम भारीतको व्यवस्था १५० प्रतिशत राख्नु पर्ने व्यवस्था भने कायम नै रहेको छ । त्यसले गर्दा बैंक वित्तीय संस्थाले कर्जा मार्फत सवारी साधन खरिद गर्ने प्रोत्साहन गर्ने सम्भावना भने न्यून छ ।

बैंकबाट पाउने कर्जा सुविधामा केही कडाइ काम नै रहेपनि अटोमोवाइल्स व्यवसायीले ल्याएको छुटले सर्वसारणलाई आर्कषित गर्ने देखिन्छ । अटोमोवाइल्स कम्पनीले नयाँ वर्षको असर पार्दै ११ लाख रुपैयाँसम्मको अफर घोषण गरेका छन् । चाडपर्वमा धेरै गाडी खरिद बिक्री हुने भएकोले २०८० सालको सुरुवाती संगै विभिन्न कम्पनीका गाडीमा अफर सार्वजनिक गरेका छन । बैंकको व्याजदरमा भइरहेको वृद्धि र अर्थतन्त्रप्रतिको नकारात्मक प्रभावले गर्दा पनि गाडि किन्न कोही इच्छुक थिएनन ।

गाडीको खरिदमा सरल किस्ताबन्दी र छुटका सुविधा दिइ व्यापार बढाउने योजनमा अटो व्यवसायीको देखिन्छ । अफर योजनाले ग्राहकलाई लोभ्याउने उनीहरुको अपेक्षा छ । तर, अटो लोन वा हायर पर्चेज कर्जाको जोखिक भारीतले कर्जा कर्जाका गाडी किन्नेको संख्या बढ्न भने जटिल छ । त्यसका कारण भनेको बैंक वित्तीय संस्था स्वय पनि जोखिम भारित धेरै व्यवस्था गर्नु पर्ने भएकाले यस्तो कर्जा लगानीमा जोड दिदैनन ।

कुन कम्पनीको कस्तो अफर ?

हुन्डाई : नयाँ वर्षमा हुन्डाइ कम्पनीका सबै कार खरिद गर्दा ५ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा नयाँ वर्ष बोनस ८० हजार, एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म मोडल इएर डिस्काउन्ट २ लाखसम्मको छुट र १ वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको सुविधा हुनेछ । साथै, तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्जको सुविधा पनि दिने कम्पनीले जनाएको छ ।

निशान : निशानको गाडी खरिद गर्दा करिब खरिदकर्ताले ११ लाख रुपैयाँसम्म छुट सुविधा पाउनेछ । कम्पनीले गाडी खरिदमा अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । त्यसैगरी नयाँ वर्षको अवसरमा अधिकतम बोनस २ लाख रुपैयाँ र ३ वर्षसम्म सर्भिस र वारेन्टीको सुविधा दिनेछ । साथै, सजिलो फाइनान्स सुविधा र १ वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले नयाँ वर्षको योजनामा गाडी खरिद गरेमा अधिकतम ११ लाख ७४ हजार रुपैयाँ फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

जिडब्लूएम : जिडब्लूएम कम्पनीले गाडीमा ५ लाखसम्म छुट दिने भएको छ । कम्पनीले स्पेशल सेलिब्रेशन डिस्काउन्ट, एक्स्चेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र स्पट मूल्याङ्कनको व्यवस्था गरेको छ ।

टोयोटा : टोयोटाले पनि नयाँ वर्ष लक्षित गर्दे विभिनन अफहरु लयाएको छ । कम्पनीका गाडी खरिद गर्दा ग्राहकले इजी फाइनान्सिङ, फ्री रोड ट्याक्स, फ्री इन्स्योरेन्स, सर्भिसमा २० प्रतिशतसम्म छुट जस्ता विभिन्न छुत तथा सुविधाहरु पाइनेछ । आफ्ना जुनसुकै ब्रान्डका पुराना गाडी ल्याएर ग्राहक राइज, रस, हाइलक्स, कोरोल्ला क्रस हाइब्रिड, फर्चुनर, -याभ–फोर हाइब्रिड र ल्यान्डक्रुजर जस्ता टोयोटाका नयाँ गाडीमा अपग्रेड हुन सक्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।