प्राइम कमर्सियल बैंकले १९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने


प्राइम कमर्सियल बैंकले १९ लाख १५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ लाख कित्ता संस्थापक सेयर गोप्य सिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, संस्था वा कम्पनीले बैंकको सेयरमा बैशाख ४ गते देखि १३ गते ३ बजेभित्र बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

आवेदकले न्युनतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् भने बढीमा पुरै कित्ता अर्थात १९ लाख १५ हजारसम्मको लागी आवेदन दिन सक्नेछन् । सेयरको न्युनतम मूल्य १३० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।