सिद्धार्थ बैंकको संस्थापक सेयर सर्वसाधारणका लागी बिक्री खुला


सिद्धार्थ बैंकले १ लाख ४ हजार ८१३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको छ । 

बैंकले संस्थापक सेयरधनी विनोद कुमार खेतानको नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको र उक्त सेयर बिक्री नभएकोले पुनः इच्छुक व्यक्ति, कम्पनी वा संस्थालाई सेयर बिक्री गरिने सूचनामा उल्लेख छ ।

इच्छुक लगानीकर्ताले आज (बैशाख १८) देखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाण्डौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ । सेयरको बिक्री मूल्य क्रेता र बिक्रेताको सहमतीअनुसार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ वैशाख २०८०, सोमबार  ०७ : ४५ बजे