एनएमबी बैंककोे ६९ हजार संस्थापक सेयर बिक्रीमा


एनएमबी बैंक लिमिटेडले ६९ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विजेश्वर भक्त श्रेष्ठको नाममा रहेको ५१ हजार ७४६ कित्ता र रेखा श्रेष्ठको नाममा रहेको १८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरधनीलाई प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिएको छ ।

संस्थापक सेयरधनीबाट उक्त सेयर खरिद नभएमा बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गर्ने छ । उक्त सेयर खरीदका लागि आज बैशाख २० गतेदेखि ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाण्डौंमा बुझाउनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।