सनराइज बैंकको तीन अर्बको सबै ऋणपत्र बिक्यो


सनराइज बैंकले निष्काशन गरेको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ । बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र बिहीबार साँझसम्ममा बिक्री भएको जनाएको छ ।

नोटबजारसँग कुरा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्माले ऋणपत्र पूर्ण रुपमा बिक्री भएको बताए । ‘पहिलो पटक ४ दिनका लागि निष्काशन हुँदा पूर्ण रुपमा बिक्री नभएको ऋणपत्रहरु पूर्ण अवधिमा सबै बिक्री भएको छ । उनले भने ।’

बैंकले गत कात्तिक २० गतेदेखि १०.२५ प्रतिशत व्याजदरमा २०८३ सम्मको ७ वर्षे अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो । जस मध्ये सर्वसाधारणका लागि एक अर्ब २० करोड रुपैयाँ तथा बाँकी ऋणपत्र व्यक्तिगत तवरमा बिक्रीमा ल्याइएको थियो ।

प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार व्यक्तिगत रुपमा नै बैंकले २ अर्ब ५२ करोड रुपैंयाको ऋणपत्र बिक्री गरेको छ भने सर्वसाधारणले झण्डै ४८ करोड रुपैंयाको ऋणपत्र खरिद गरेका छन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरे पछि बैंकले ऋणपत्र निष्काशन गरेको हो ।