सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

0
Shares

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सभामा आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कयालले नेपाल वित्तिय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

त्यसै गरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

यस सभाबाट कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकहरुमा क्रमश कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवाल निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३(तीन) जना सञ्चालकहरुमा क्रमश डा. हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएको छ ।

साथै यस कम्पनीले आफ्नो ध्यान अझ उत्कृष्ट सेवा दिनमा केन्द्रित गरी ग्राहकहरुको मन जित्दै आफ्नो् व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गर्दै गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।