सनराइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृतिम अंग प्रदान


सनराइज बैंकले मधेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब, वीरगंजमा आषाढ ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले कृतिम हात तथा खुट्टा प्रदान गरेको हो ।

उनले सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई दुई लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सन्राइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।