सुनको भाउ एकैदिन २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि


तिहारपछिको पहिलो कारोबार दिन सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेको छ । तिहार अघि अर्थात कात्तिक २७ गते १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज शुक्रबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रति तोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी कात्तिक २७ गते १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८४ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ८१ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।