मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रादेशिक अस्पतालहरुमा १६० जना कर्मचारी माग गरेको छ । निर्देशनालयले करारमा छैटौं तहदेखि नवौं तहसम्मको पदपूर्ति गर्ने भएको हो ।
नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन गरेको छ ।
यस्तै आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ। त्यस्तै, सातौं तहमा ६ जना नर्सिङ अधिकृत, ६ जना फार्मेसी अधिकृत, ६ जना फिजियोथेरापिष्ट, ३ जना अस्पताल व्यवस्थापक, मागेको छ । यस्तै निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।
नेपाली नागरिकले १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन् । छैटौं, सातौँ र आठौं तहका लागि १ हजार रुपैयाँ आवेदन दस्तुर लाग्ने छ भने नवौँ तहका लागि १२ सय रुपैयाँ लाग्ने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया