यी तीन कम्पनीले लाभांश वितरण नगर्ने


कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।

यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई सेयर वितरण नगर्ने भएका हुन् । कालिका लघुवित्तको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

निर्धन उत्थान लघुवित्तको सञ्चालक समितिका बैठक पुस २६ गते बसेको थियो भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिको बैठक पुस २९ गते बसेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।