मानुषी र श्रृजनशील लघुवित्त एक हुने प्रस्ताव पारित


मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त एक आपसमा गाभिने प्रस्ताव पारित भएका छन् । मानुषी लघुवित्तको शनिबार सम्पन्न विशेष साधारण सभाले दुई लघुवित्त गाभिने प्रस्ताव पारित भएको हो ।

सभाले ७३:१०० को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै सभाले सञ्चालक समितिकोे निर्विरोध चयन गरेको छ ।

दुई लघुवित्त गाभिने सम्बन्धमा गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रृजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।