सोमबार अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको मूल्य घट्यो


सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरो १४४ रुपैयाँ ९७ पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ । आइतबार युरो १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको थियो ।

सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार  ०८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।