सुनको भाउ दुई दिनमा १ हजारले बढ्यो


छापावाला सुनको भाउ दुई दिनमा एक हजार रुपैयाँले घटेको छ । आइतबार ६०० रुपैयाँले बढेको छापावाला सुनको भाउ सोमबार ४०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ६०० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन आइतबार प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ५४ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव २५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।