एशियन लाइफको बीमालेख पुनर्जागरणमा ५०% सम्म ब्याज छुट

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा पचास प्रतिशतसम्म जरिवाना छुट दिने भएको छ । इन्स्योरेन्सले माघ १५ गतेदेखि फागुन २५ गतेसम्मका लागि यो योजना लागू गरेको छ ।

इन्स्योरेन्सले प्रकाशन गरेको सूचना अनुसार बीमालेख व्यतित भएको ५ वर्षभन्दा बढी अवधि भइसकेको बीमालेखको पुनर्जागरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिइनेछ । यसैगरी २ देखि ५ वर्ष मुनिको अवधिसम्म व्यतित भएको बीमालेखको पुनर्जागरणमा २५ प्रतिशत ब्याज छुट दिइने सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

बीमालेख परिपक्व हुन दुई वर्षभन्दा थोरै अवधि बाँकी रहेका बीमालेखको हकमा पुनर्जागरण गर्दा रकम छुट नदिइने जानकारी दिएको छ । यस्तै एक पटक ब्याज छुट लिएका बीमितलाई पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ ।

नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिनाको अवधिसम्म पनि बीमाशुल्क भुक्तानी नगरेको अवस्थामा बीमालेख व्यतित बीमालेखमा परिणत हुन्छ । र यस्तो अवस्थामा बीमालेख अन्तर्गतको सुविधाबाट बीमित वा लाभग्राही वञ्चित हुनुपर्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।