एभरेष्ट इन्स्योरेन्सको प्रतिसेयर आम्दनी ११ रुपैयाँले घट्यो


एभरेष्ट इन्स्योरेन्सले एक वर्षको अवधिमा व्यवसायको आकार झण्डै चार गूणाले बढाएको भएपनि प्रतिसेयर आम्दानी भने करिब ११ रुपैयाँले घटेको छ । व्यवसायका साथै चुक्तापूँजीको अनुपातमा कमाई बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घटेको हो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९ करोड ४९ लाख रुपैंया खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ७ करोड ८४ लाख रुपैंया मात्र खुद बीमा शुल्क संकलन गरेको थियो । एक वर्षको अवधिमा इन्स्योरेन्सको बीमा शुल्क २७६ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले ४ करोड १ लाख ६६ हजार रुपैंया खुद नाफा गरेको छ । गतआर्थिक वर्षको यसै अवधिमाइन्स्योरेन्सले ३ करोड ३ लाख ४५ हजार रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा ३२ प्रतिशतभन्दा धेरैले बढेको हो ।

इन्स्योरेन्सले एक वर्षको अवधिमा चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजार रुपैंयाबाट बढाएर २७ करोड ३९ लाख ८३ हजार रुपैंया पुर्याएको छ । गतआर्थिक वर्षको चैत मसान्तमा३० रुपैंया २७ पैसा रहेको प्रतिशेयर आम्दानीअहिले १९ रुपैंया ५४ पैसामाखस्किएको छ । दोस्रो बजारमा एभरेष्टको शेयर मूल्यमा देखिँदै आएको उतार चढावका बिच मूल्य आम्दानी अनुपात ६५.०१ गूणाले बढी हुन पुगेको छ ।

इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड ८ लाख ३९ हजार रुपैंया छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैंया ७७ पैसा छ ।