नेशनल लाइफ इन्स्योरेन्सको पाँच लाख बढी संस्थापक सेयर बिक्रीमा

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ५४ हजार ९९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका तीन ओटा संस्थापक सेयरधनीहरूले आफ्नो स्वमित्वमा रहेको उक्त संख्याको संस्थापक सेयरहरू बिक्री गर्न ईच्छुक भै कम्पनी समक्ष निवेदन दिएपछि कम्पनीले ३५ दिने सूचना प्रकाशन गरेको हो ।

कम्पनीका संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता र स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको १५ हजार ९४५ कित्ता सेयरको बिक्री खुला भएको हो ।

नेपाल बीमा प्राधिकरण बाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ मा उल्लेख गरिएको व्यवस्था बमोजिम संस्थापक सेयर खरिद बिक्रीमा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने भएकोले हाल निष्काशित सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय लाजिम्पाटमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ । बिक्री गरिने संस्थापक सेयरको बिक्री मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।