आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा

0
Shares

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गते आइतबार वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सेयरधनीलाई कुनैपनि लाभांश वितरणको प्रस्ताव नगरेको इन्स्योरेन्सको सभाले संस्थापक समूहबाट एक जना महिला सहित चार जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीको सभाबाट आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहका सम्बन्धमा छलफल भई पारित हुनेछ । यस्तै सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बिहीबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार फागुन ९ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।