सिद्धार्थ प्रिमियरको साधारण सभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन ३० गते बुधबार ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ २९ गते सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त दिन नक्सालको लिसारा रिसेप्सनमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ ।

लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते शुक्रबार बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार फागुन १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।