हिमालयन लाइफद्वारा बोनसमा लाग्ने कर जम्मा गर्न सेयरधनीलाई आग्रह

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७–७८ को मुनाफबाट सेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेस्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । रकम जम्मा भएपछि बोनस सेयर हितग्राही खातामा जम्मा गराइने कम्पनीले बताएको छ ।

साथै, भौतिक सेयर धारण गर्ने सेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो सेयर अभौतिकरण गराएपछि मात्र बोनस सेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।