स्टार माइक्रो इन्स्योरेन्सको नाफा ९३ लाख

0
Shares

स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म ९३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । पछिल्लो तीन महीनामा मात्रै कम्पनीले ४८ ालख २१ हजार रुपैयाँ नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४० लाख ४५ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ करोड २३ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

चुक्ता पुँजी ५२ करोड ५० लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ६० लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । तेश्रो त्रैमाससम्म कम्पनीले स्पेशल रिजर्भ शीर्षकमा ६८ लाख २६ हजार र अन्य इक्वीटीमा २ लाख ९ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीले १७ हजार ५५ ओटा बीमालेख जारी गरेको छ। कम्पनीले दीर्घकालीन लगानीमा ४६ करोड ८५ लाख र अल्पकालीन लगानीमा १ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।

स्टार माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विश्व तिमिला छन् । बीमा क्षेत्रमा लामो समय अनुभव संगालेका तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्वमा आएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।