लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) लिमिटेडले आगामी असार १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
आर्थिक वर्ष २०७९–८० बाट कुनैपनि लाभांश वितरण नगरेको कम्पनीले बिना लाभांश साधारण सभा डाकेको हो । पछिल्ला तीन आर्थिक वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई निरन्तर लाभांश दिएको छैन । यसले एलआईसीका सेयरधनी निराश भएको छन् ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने भनेको छ। साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।
यसैगरी सभाले अध्यक्षको अनुमतिले अन्य केहि विषय समेत ल्याउनेसक्ने स.केत गरेको छ। यद्यपी कम्पनीले प्रस्ताव खुलाएको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) तोकेको छ । बुकक्लोज अनुसार जेठ ३१ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया