मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक ( पूर्ण पाठ सहित)

0
Shares

नेपाल राष्ट्र बैंकले फागुन २० गते सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंक खुल्ला बजार कारोवार तथा ब्याजदर कोरिडोरलाइ प्रभावकारी बनाउँदै तरलता व्यवस्थापन मार्फत व्याजदरलाइ स्थायित्व राखि राख्ने उल्लेख छ ।

यसैगरि ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन तथा मझौला व्यवसायका लागि लिइने कर्जा करचुक्ता प्रमाणपत्रको आधारमा लिन सकिने ब्यवस्था गरेका नीति मार्फत गरिएको छ।

मौद्रिक नीतिमा यसअघि बैंकहरुलाई कायम गरिएको अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई निरन्तरता दिएको छ भने लघुवित्त वित्तीय संस्थाहरुले आफनो कुल कर्जाको एक तिहाइ अनिवार्य रुपमा कृषि क्षेत्रमा प्रवाहगर्नुपर्ने व्यवस्था गरिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले महानगरपालिका, उप–महानगरपालिका र जिल्ला सदरमुकामबाहके नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरपेश्चात् मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ भने स्थानीय तहका सबै वडामा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले बैंक शाखा नभएका वडाहरुमा शाखा रहित बैंक सेवा प्रदान गर्न राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था गरिएको छ ।

यसैगरि विप्रेषण आप्रवाहलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न तथा औपचारिक माध्यमको प्रयोगलाई बढावा दिन वैदेशिक रोजगार बचतपत्रको बिक्री वर्षैभरी खुला गर्न शुरु गरिएको छ ।

यस्तै एकल विन्दु सेवा केन्द्रमा रहेको यस बैंकको विदेशी विनिमय इकाईलाई प्रभावकारी बनाउँदै विदेशी लगानी भित्र्याउनेर फिर्ता लैजाने प्रक्रियालाई सहज र सरलीकरण गरिएको छ ।

समीक्षाकोे पूर्ण पाठ तलको लिङ्कबाट हेनुहोस् ।

पूर्ण पाठ लिङ्कबाट हेनुहोस्