नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले संस्थागत परामर्श सेवा दिने


नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले संस्थागत परामर्श सेवा दिने भएको छ ।

उद्योगी, व्यावसायी, संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने लक्ष्यका साथ नबिल इन्भेष्टमेण्टले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको हो ।

सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगी तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर तथा इक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पूँजीगत बजेट, पूँजी पुनरसंरचना लगायतका सेवाहरु उपलब्ध गराईने बताइएको छ ।

यसका साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यमवर्ग (एसएमई) तथा स्टार्टअपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने छ ।