कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्कालीन राहत प्याकेजलाई अमेरिकी राष्टपतिले स्वीकृत गरेका छन् ।
अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेजले रोजगारी गुमाएका नागरिक र बन्द भएका उद्योग तथा व्यासायलाई राहात मिल्ने अमेरिकाको दाबी छ ।
कोरोनाले अर्थ व्यवस्थामा परेको संकट चिर्न ल्याइएको उक्त राहात प्याकेजले व्यवसायलाई सहुलियत दरमा ऋण प्रदान गर्नेछ । बीबीसीका अनुसार कुल बिनियोजनको ५ सय अर्ब डलर ठूला उद्योग तथा व्यवसायलाई सहुलियत ऋणका लागि हुनेछ ।
यस्तै साना व्यवसायमा संलग्नका लागि ३६७ अर्ब डलर विनियोजन गरिने छ । राज्य तथा स्थानीय सरकारका लागि भनेर १३० अर्ब डलर रकम छुटट्याईएको छ । यस्तै कमजोर आर्थिक अवस्था भएका परिवारका लागि राहत दिन अर्था नगद चेक प्रदान गर्न २५० अर्ब डलर विनियोजन गरिएको छ ।
प्रतिक्रिया