कोरोना नियन्त्रणका लागि सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहायोग


सुनचाँदी ब्यवसायी महासंघले विश्वमा महामारीको रुप लिएको कोरोना संक्रमण रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन १५ लाख रुपैंया सहयोग गर्ने भएको छ ।

सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा महासंघले १५ लाख रुपैयाँ सहयोग रकम जम्मा गर्ने जनाएको छ ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य वर्गलाई समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय खाद्य सामग्री बितरण गर्ने जनाएको छ । यसका लागि महासंघले स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत सहकार्य गर्नेछ ।