महिन्द्राका सवारी साधनको निशुल्क सर्भिसिङको अवधि दुई महिना थप


कोरोना भाइरसको संक्रमण न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनलाई मध्यनजर गर्दै महिन्द्राका सवारी साधनको निशुल्क सर्भिसिङको अवधि २ महिना थप गरिएको छ ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रा.लि. ले ग्राहकहरुको सुविधाका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ ।

‘यो सेवा अन्तर्गत लकडाउनको अवधिमा समाप्त हुने महिन्द्राका फोर ह्विलर अटो डिभिजनका वारेन्टी र निः शुल्क सेवालाई नियम र सर्त अनुसार ६० दिनको लागि बढाइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

कुनै जानकारी जाहिएको खण्डमा टोल फ्री नम्बर ९८०१५७१२१२ मा सम्पर्क गर्न भनिएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा. लि. अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रा. लि., अग्नि इनर्जी प्रा. लि., अग्नि मोटोइन्क प्रा. लि. र बालाजु अटो वर्कस् प्रा. लि. रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्रयाक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरुको बिक्री वितरण गर्दै आएका छन् ।