जिप्रका काठमाण्डौंले जारी गर्यो लकडाउनमा काठमाडौं छिर्न पाउने सूचना

0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर बाहिरी जिल्लाबाट काठमाण्डौं फर्केनेहरुका लागि पास उपलब्ध गराउने जानकारी दिएको छ ।

जिप्रकाले आइतबार सूचना जारी गर्दै काठमाण्डौंको जुन नगरपालिकामा बसोबास गर्ने हो सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालय निवेदन दिनुपर्नेछ। यसअनुसार सम्बन्धित जिप्रकाले काठमाण्डौंको जिल्ला प्रशासन कार्यालयमा पत्र प्राप्त पश्चात सवारी पास जारी गर्न सहमति पैदान गर्ने जनाएको छ।

यसैगरि जेठ २८ गतेको निर्णयले जोरविजोेर प्रणाली लागू भैसकेकाले काठमाडौं जिल्लाभरिका लागि उपलब्ध हुँदै आएको नयाँ पास बन्द गरिएको जानकारी दिएको छ ।

काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत कार्यका लागि प्रयोजन खुल्ने कागजात सहित र र संस्थागत कामको लागि सम्बन्धित संस्थाको सिफारिसपत्र सहित जिप्रका काठमाण्डौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।