देव: विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

0
Shares

देव: विकास बैंक (DBBL) ले असार १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले ११ प्रकारका बचत खातामा ५ प्रतिशत, सुनौलने प्लस बचत खातामा ५.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने सूचना सार्वजनिक गरेको छ।

बैंकले न्यूनतम मौज्दात १० हजार रहेको सेभिङ्ग प्रिमियम र जेष्ठ नागरिक बचत खातामा भने अधिकतम ६ प्रतिशत ब्याजदर दिने जनाएको छ।

यसैगरि मुद्दती बचततर्फ व्यक्तिगततर्फ ८ देखि ९ प्रतिशतसम्म र संस्थागततर्फ ८ प्रतिशत ब्याज दिने भएको छ। बैंकले रिकरिङ बचतमा १ वर्ष अवधिको ९ प्रतिशत र २ देखि ५ वर्षका अवधिको बचतमा ८.७५ प्रतिशत ब्याज दिनेछ।

बैंकले कर्जातर्फ २५ वटा कर्जाको प्रकारहरु सार्वजनिक गरेको छ। जसअन्तगर्त आधार ब्याजदरमा न्यूनतम १ देखि अधिकतम ६.५० प्रतिशतसम्म प्रिमियम थप गरि ऋण प्रवाह गरिने जनाएको छ। चैत मसान्तको आधार ब्याजदर ११.३२ प्रतिशत रहेको छ।