बैंशाखमा रेमिट्यान्स आप्रवाह ६.१ प्रतिशतले घट्यो

0
Shares

चालु आर्थिक वर्षको दश महिना अर्थात बैंशाखमा स्वदेश भित्रने रेमिट्यान्स ६.१ प्रतिशतले घटेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै संकटमा हुनुका साथै बैदेशिक रोजगारीमा गएका नेपालीहरुको आम्दानी समेत प्रभावित भएकाले रेमिट्यान्स आप्रबाह घटेको हो ।

चालु आवको १० महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आई ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको बैंशाखमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो ।

चालु आवको दश महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो।

चालु आवको बैंशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

चालु अवाको १० महिनामा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई ७७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

तर, चालु आर्थिक वर्षको ९ महिनाको तुलनामा १० औ महिनामा आएको रेमिट्यान्स ५४ अर्बले बढेको हो । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै प्रभावीत भएको तथा बैदेशिक रोजगारीमा गएका नेपाली स्वदेश फर्कने क्रम वढेको भएपनि बैंशाख महिनामा मात्र ५४ अर्ब रुपैयाँ बराबरको रेमट्यिान्स आएको छ ।

गत वर्षको बैंशाखको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको भएपनि चालु आवको चैत महिनाको तुलनामा भने वढेको हो ।