बैंकिङ क्षेत्रमा ब्याज पूँजीकरण देखि बिजनेस इन्जिनियरिङ सम्मका काम हुन्छन – डेपुटि गभर्नर श्रेष्ठ

0
Shares

कोरोना भाइरसले वित्तीय क्षेत्रमा पारेको प्रभाव न्युनीकरण तथा व्यवस्थापन गर्नका लागि प्रोभिजनीङ, ब्याज पूँजीकरण तथा विजनेस इन्जीनियरिङ सम्मका काम भैरहेको नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए।

कोरोना नियन्त्रणका लागि गरीएको लकडाउनका कारण अर्थतन्त्र नै ठप्प रहेकाले सरकारको राजस्व पनि घटिरहेको  श्रेष्ठको भनाइ छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको ’म्यानेजिङ रिस्क एन्ड च्यालेन्जेज अफ फाइनान्सिएल सेक्टर(पोस्ट कोभिड प्यान्डेमिक’ विषयक छलफल कार्यक्रममा बोल्दै डेपुटि गभर्नर श्रेष्ठले नेपाल राष्ट्र बैंकले कोभिड १९ ले पु¥याएको क्षतिलाई नजिकबाट हेरिरहेको समेत बताए । व्यवसायमा कोरोनाको प्रभाव न्यूनीकरण गर्न पुनर्कर्जाको दायरा बढाइएको उल्लेख गर्दे श्रेष्ठले भने,“कोरोनाका कारण पर्यटन तथा यातायात क्षेत्रमा सबैभन्दा धेरै असर पु¥याएको देखिन्छ ।”

कोरोनाको प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि राष्ट्र बैंक तयार रहेको उनको भनाइ छ । घट्दो रेमिट्यान्स नेपालका लागि अर्को चुनौतिको विषय भएको पनि समेत उनले बताए । “यस चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्ने छौं,” उनले भने, “प्रोभिजनिङ, ब्याज पूँजीकरण गर्नेदेखि लिएर बिजनेस इन्जिनियरिङ गर्नेसम्मका काम भैरहेको छ ।”

नेपालका सम्पूर्ण नियमनकारी निकायको समन्वयमा एनएफआरएस लागू गरिएको छ । यसले वित्तीय प्रणालीलाई सुधार गरेको समेत उनको तर्क छ ।