श्रमिक सूचना बैंक स्थापनाको तयारी

0
Shares

सरकारले बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ श्रमिक सूचना बैंक स्थपना गर्र्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्न मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ ।

कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के कति सङ्ख्यामा रहेका छन्, के कस्ता ज्ञान, सीप हासिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थापना गर्न लागिएको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए

विकास र औद्योगिकीकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चितता गर्न र श्रमिक बैंकको स्थापनाले श्रमिकको सम्रग व्यवस्थापनमा मद्दत पु¥याउने भएकाले श्रमिक बैंकको आवश्यता रहेको उनको भनाइ छ ।