डिल्लीबजार मालपोतका अधिकृत लगायत ६ जना ८ लाख ५० हजार घुस सहित नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल सहित ६ जनालाई ८ लाख ५० हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो।

अख्तियारले मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई सेवाग्राहीबाट ८ लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।