नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, निको हुने ४६ प्रतिशत

0
Shares

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना पुष्टि भएपछि कुल संख्या १६ हजार नाघेको हो।

देशका विभिन्न प्रयोगशालामा गरिएको सो संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समयमा कोरोना संक्रमतिको निको हुने दरमा सुधार आएको बताए । उनले हालसम्म ७ हजार ४ सय ९९ जना निको भएर घर फर्किएको जानकारी दिए । यो संख्या कुल संक्रमितको ४६.४१ प्रतिशत हो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ६१ हजार ८६१ वटा पीसीआर परीक्षण सम्पन्न भएका छन्। हाल क्वारेन्टिनमा बस्नेको संखया घट्दै गएर २५ हजार ६२६ मा घटेको र ८ हजार ६३४ आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।