कामना सेवा र रेमिट टु नेपाल बिच रेमिट्यान्स सम्झौता

0
Shares

कामना सेवा विकास बैंक र रेमिट टु नेपाल बिच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । यस बाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ ।

बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ्ग, सि(आश्वा, अनलाइन एकाउन्ट, अनलाइन लोन एप्लिकेशन लगायतका विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार  ११ : ०१ बजे