एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग

0
Shares

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्य गर्नको लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त भएकोे छ ।

शेयर रजिष्ट्रारको कार्य गर्नको लागि असार २८ गते दुई कम्पनीबीच सम्झौता–पत्रमा हस्ताक्षर भयो ।

उक्त सम्झौत पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र आरबीबी मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे।

आरबीबी मर्चेन्ट बंैकिङ्ग लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।