बझाङ पनि परीक्षण किट अभाव

0
Shares

बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको ¥यापिड टेष्ट गर्न किट अभाव भएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त एक हजार १०० किटमध्ये हाल ६० मात्र ¥यापिड टेष्ट किटहरु मौज्दात रहेको बताए। हालसम्म जिल्लामा ८७५ जनाको ¥यापिड टेष्ट र ७१ को स्वाब परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ ।

जोशीले पर्याप्त मात्रामा पिपिइ, थर्मलगन तथा किट अभावले परीक्षणमा समस्या भएको बताए। गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाड भित्रिएका ६१३ जनाको पनि स्वास्थ्य परीक्षण गर्न बाँकी छ ।

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहिबार  १५ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।