मंगलबार बजार खुलेदेखि नै निरन्तर उकालो लागेको नेप्सेमा तेस्रो पटक पनि सर्किट लागेपछि २ घण्टा अगावै कारोबार स्थगित भएको छ ।
लकडाउनपछि खुलेको पहिलो दिन नकारात्मक सर्किट ब्रेक लागेको शेयर बजारमा दोस्रो दिन तेस्रो सर्किट लागेको हो । मंगलबार कारोबार खुलेको एक घण्टा पुरा नहुँदै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। 
पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजार बढ्ने क्रमले निरन्तरता पाँउदा नेप्से ५ प्रतिशत भन्दा माथि उक्लिएपछि दोस्रो सक्रिट लागेको हो ।
दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि खुलेको बजार ६ प्रतिशत माथिले उकालो लागेपछि मंगलबारका लागि कारोबार स्थगन भएको हो । यसदिन नेप्से सूचक ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको छ। १३४ कम्पनीको कारोबार भएको बजारमा २२ करोड ७२ लाख बराबरको शेयर किनबेच भएको छ।
नयाँ व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गरिन्छ।










प्रतिक्रिया