नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष देखि धितोपत्र ब्रोकरको आधिकारीक प्रतिनिधिको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।
ग्रामीण स्तरमा पूँजी बजारको विस्तार गर्नका लागि धितोपत्र दलाल कम्पनीको शाखा भन्दा पनि एजेन्टको व्यवस्था मार्फत कारोबार गर्न सकिने बातावरण तयार गर्न उनीहरुले सुझाव दिएका हुन् । 
धितोपत्र दलाल कम्पनीले उपत्यका भन्दा बाहिरवाट काम गर्नका लािग निश्चित मापदण्ड सहितको शाखा कार्यालय नै स्थापना गर्नुपर्ने व्यवस्था छ । शाखा विस्तार गर्दा धितोपत्र दलाल कम्पनीको आम्दानी भन्दा पनि खर्च धेरै हुने भएपछि आधिकारीक प्रतिनिधिको व्यवस्था गर्नुपर्ने विषय छलफलको क्रममा नै रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) धितोपत्र दलाल कम्पनीलाई आधिकारिक प्रतिनिधि दिनु पर्ने भन्दै धितोपत्र बोर्डलाइ अनुरोध समेत गरीसकेको अवस्था छ । यस विषयमा धितोपत्र बोर्ड पनि सकारात्मक नै भएपनि कार्यान्वयन हुन सकेको छैन ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव दिदै स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले ब्रोकरको आधिकारिक प्रतिनिधी व्यवस्था कार्यान्वयनमा ल्याउन सुझाव दिएका हुन् ।
त्यसका साथै उनले ब्रोकर डिलरको नीतिगत व्यवस्था हुनुपर्ने, लगानी व्यवस्थापन र एडभाइजरी सेवा ब्रोकरका लागि खुला गर्न समेत सुझाएका छन् । मार्जिन कारोबारको ब्याजदरका सम्बन्धमा समन्वय हुनुपर्ने तथा बजारलाई अति आवश्यकीय सेवामा राख्नुपर्ने समेत उनले सुझाएका हुन ।










प्रतिक्रिया