अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक राम बालक राय उपर आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रहरी निरीक्षक राम बालक रायले सेवाग्राहीको सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी दुख दिएर १२ हजार घुस माग गरी लिएको देखिएकाले उनी उपर मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।
प्रहरी निरीक्षक रायले निर्माण सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी दुख दिएको हुँदा निजलाई आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरी परेपछि आयोगले अनुसन्धान अगाडि बढाएको थियो।
रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि भएकोले १२ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।










प्रतिक्रिया