सुन चाँदीको भाउले चुम्यो कीर्तिमानी उचाई, हालसम्मकै उच्च मूल्यमा कारोबार

0
Shares

असार २५ गते बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेको छ। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै माथिल्लो भाउमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँ तोकेको छ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ, तेजावी सुन ९०५ रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो।

यसअघि असार १७ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको रेकर्ड थियो।

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।