अन्न प्राशनको अवसरमा १५ लाखको बीमा पोलिसी उपहार !!

0
Shares

पछिल्लो समय विवाह, ब्रतबन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको स्वरुप परिवर्तन हुन थालेको छ । आजकाल क्षणभरको लागि काम लाग्ने उपहार भन्दा जीवन भर उपयोगी हुने बीमा पोलिसी उपहार दिने प्रचलन बढेर गएको हो ।

जन्म दिन, अन्न प्राशन लगाएतका शुभ कार्यको अवसर पारेर आफ्ना सन्तानलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको हो ।

बचत र सुरक्षा दुबै हुने भए पछि आफुहरुले पोलिसी उपहार दिने गरेको अभिभावकहरु बताउँछन् ।

सुनौलो भविष्यको कामना गर्दै भक्तपुर कटुन्जे निवासी सुजिता कार्की र उनका श्रीमान् कैलाश बाँस्कोटाले अन्न प्राशनको अवसर पारी आफ्नो भतिजो शिवांश बाँस्कोटालाई बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरेका छन् । बाँस्कोटा दम्पत्तिले सानिमा लाईफको २१ वर्षे सानिमा बाल सौगात बीमा योजना उपहार दिएका हुन् ।

जीवन बीमाले अनिवार्य बचत र सुरक्षा प्रदान गर्ने भएकाले पोलिसी उपहार दिएको एजेन्सी म्यानेजर कार्कीले बताईन् । विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बाल सौगात बीमा योजना दिएको बाँस्कोटाले बताए ।

२१ बर्षमा बीमा अवधी समाप्त हुने सानिमा बाल सौगात बीमा योजनाले प्रस्तावकको समेत जोखिम बहन गर्ने कार्किले बताईन् ।

बाँस्कोटा नेपाल लाईफ र कार्की सानिमा लाईफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।