नबिल बैंकसहित थप ११ कम्पनीले पाए धितोपत्र ब्रोकरको अनुमति


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकसहित थप ११ कम्पनीलाई धितोपत्र ब्रोकरको अनुमति दिएको छ । सेबोन सञ्चालन समितिको २२ गतेको बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो ।

योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ । यसअघि ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिसटिज लिमिटेडले धितोपत्र व्यापारसमेतको लाइसेन्स पाएको छ ।

यसैगरी थप १० कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र धितोपत्र व्यवसायीका रूपमा अनुमति दिइएको बोर्डले जनाएको छ ।अनुमति पाउनेमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज छन्। यस्तै मेघा स्टक मार्केट्स लि, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि, माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्यूरिटिज लि र कलश स्टक मार्केटले सीमित कार्य गर्न अनुमति पाएका छन्।

नबिल सेक्युरिटिजले व्यापारीको अनुमति पाएको हो । हालसम्म ५० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  ०८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।