कक्षा ११ को विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्नुपर्ने


काठमाण्डौ महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आह्वान गरेको छ ।

महानगरको शिक्षा विभागले आज सार्वजनिक सूचना निकालेर एसईई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको हो ।

विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको गुनासो आएको र यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाण्डौ आउने विद्यार्थीहरुले आवेदन दिन नपाएको भन्दै महानगरपालिकाले कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न भनेको हो ।

यस्तै, महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न विवरण माग गरेको छ । कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएको भन्दै महानगरपालिकाले सम्बन्धित शिक्षण संस्थाबाट विवरण मागेको हो ।

जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९\०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।