
प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासको क्षेत्रमा जापानले मारेको फड्को आफूहरुका लागि पनि प्रेरक भएको बताएका छन् । एशियाली विकास बैंकका पूर्व अध्यक्ष हारुहिको कुरोदाको भेटवार्तामा नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै यस्तो बताएका हुन् ।
पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताए । जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराए ।
यसैगरी कुरोदाले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्कर, पूर्व अर्थमन्त्रीहरु, अर्थविद्, वाणिज्य बैंकका कार्यकारी अधिकृतहरुसंग नेपालको आर्थिक विकासका विभिन्न पक्षबारे छलफल गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया