सर्वोच्चमा टिकटक प्रतिबन्धविरूद्ध आठ रिट दर्ता, सुनुवाइ मंसिर ४ गते हुने


टिकटक चलाउन रोक लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा आठवटा रिट दर्ता भएका छन् । टिकटक बन्द गर्ने सरकारको कदमविरुद्ध शुक्रबार दिउँसोसम्म आठ वटा रिट दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल, डा. सुनिलरन्जन सिंहगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमा मंसिर ४ गते पेशी तोकिएको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।