नेपाली बजारमा बुधबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ । मंगलबार २०० रुपैयाँले बढेको सुनको भाउ बुधबार १ हजार रुपैयाँले बढेको हो ।
बुधबार बढेसँगै प्रतितोला छापावाला सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४६५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ४० दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया