नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।
निगमले पछिल्लो १८ महिनमा किस्ताबापत चार अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया