सुनको भाउमा गिरावट, सोमबार कतिमा हुँदैछ कारोबार


सुनको भाउमा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार २०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।