काठमाडौं । गत भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनको एक महिना पुरा भएको छ । आन्दोलनले देशको सरकारनै परिवर्तन गरेको थियो । आन्दोलनको एक महिना पुरा भइसक्दा पनि त्यसको विनाशकारी असर राजधानीको मुटुमा अझै दुखदायी नै देखिएको छ ।
आन्दोलनको क्रममा मुलुकको कानुन बनाउने सर्वाेच्च थलो संसद भवन पूर्ण रुपमा जलेर नष्ट भएको थियो । अहिले यहि कानुन बनाउने सर्वाेच्च थलो जलेर नष्ट भएका सरकारी सवारीसाधनको कवाडीखानामा परिणत भएको छ ।
संसद भवन परिसरमा जलेका गाडीको चाङ छ । आन्दोलनको क्रममा स्वयम् पनि पुर्ण रुपमा नष्ट भएको संसद भौतिक क्षतिले भन्दा पनि अहिले थुपरिएका फोहोर र जलेका गाडीका कारणले झन कुरुप बनेको छ ।
आन्दोलनको क्रममा सिंहदरबार, सर्वाेच्च अदालत लगायत विभिन्न सरकारी कार्यालयहरुमा जलाइएका गाडीहरु ल्याएर संसद भवन परिसरमै थुपारिदै छ । यी पूर्ण रुपमा जलेर नष्ट भएका हजारौं गाडीका अवशेषहरुले सिङ्गो संसद भवन परिसरलाई नै गाडीको चिहान जस्तै बनाएको छ । भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका गाडी संसद भवनमा थुपारिदै छ । अहिले त्यो संसद भवन परिसर जलेका गाडीले कवाडीखाना जस्तै बनेको छ । आन्दोलनको क्रममा सिंहदरबार सर्वाेच्च अदालत लगायत विभिन्न सरकारी कार्यालयहरुमा जलेका गाडीहरु संसद भवन परिसरमै लिएर जम्मा भइरहेका छन् । यसरी कानुन बनाउने स्थल कवाडीखाना बनेको छ ।
यसरी देशको सर्वाेच्च विधायकी थलो र प्रजातान्त्रिक अभ्यासको केन्द्र संसद भवनलाई कवाडीखानाको रुपमा प्रयोग गरिनुले आन्दोलनको विनाशकारी रुपलाई मात्र नभएर राज्यका शासकहरुको विकास र समृद्धिप्रतिको उदासिनता र सुस्ततालाई पनि उजागर गरेका छ ।
जेन जी आन्दोलनले पारेको विनाशकारी असर र संसद भवन कवाडीखानामा परिणत हुनुले लोकतन्त्रको मुटुमा ठुलो प्रश्न चिश्न खडा गरेका विश्लेषकहरु बताउँछन् । भदौ २४ गतेको एक महिना बितिसक्दा पनि देखिदै गरेको यो कहाली लाग्दो दृश्यले आन्दोलनको स्वरुप,राज्यको जवाफदेहिता र पुस्तागत असन्तुष्टिलाई एकैसाथ उजागर गरेको छ ।
जेन जी आन्दोलन विरोध मात्र नभएर सुशासनको माग, भ्रष्टाचारप्रतिको तिव्र वितृष्णा, रोजगारी सिर्जना र राजनीतिक नेतृत्वको असक्षमता विरुद्ध युवा पुस्ताले गरेको एक विद्रोह हो । युवाहरुले पुरानो राजनीतिक संरचना, अपारदर्शी शासन र गैर जिम्मेवार नेतृत्वप्रतिको सामूहिक असन्तुष्टि पोखेको उनीहरुको तर्क छ । आन्दोलनले जन्माएको परिस्थितिले देशलाई अराजकताको नजिक पुराएको विश्लेषण उनीहरुले गरेका छन् ।
कानुन निर्माण गर्ने र देशको भविष्य निर्धारण गर्ने संसद भवन परिसरको दयनीय अवस्थाले आन्दोलनको विनाशकारीता मात्र नभएर सरकारी संयन्त्रको प्रभावकारीता र जवाफदेहितामाथि गम्भिर प्रश्न प्रश्नहरु खडा गरेका छ । आन्दोलनको उपलब्धिका चर्चा चलिरहँदा, संसद भवनको यो कहालीलाग्दो दृश्यले आन्दोलनको विनाशकारी पाटोलाई बिर्सन नहुने जानकारहरु बताउँछन् ।












प्रतिक्रिया